नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी

सारांश

  • सप्तरी ।
  • नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताउनुभएको छ ।
  • उहाँले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सधँै समान व्यवहार गरेको दाबी गर्नुभयो ।

सप्तरी । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताउनुभएको छ ।

उहाँले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सधँै समान व्यवहार गरेको दाबी गर्नुभयो ।

नेकपा (एमाले) ले नेपाली काँग्रेसले संसद्मा लगेको संशोधन विधेयक पास हुन नदिएको बताउँदै मधेशीको अधिकार दिलाउन नेपाली काँग्रेस बहुमतमा आए फेरि संशोधनका लागि पहल गर्ने उहाँले बताउनुुभयो ।

मधेशको मसिहा दाबी गर्ने मधेशी दल आन्तरिक कलह र सत्ता लोभमा फसेकाले मधेशको समस्या समाधान नहुने उल्लेख गर्दै प्रदेश नं २ अन्तर्गत स्थानीय निकायमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराउन मधेशी जनतासँग अपिल गर्नुभयो ।

साथै, उहाँले सप्तरीको आर्थिक सामाजिक र व्यापारिक विकासका लागि नेपाली काँगे्रसले स्पष्ट योजना ल्याएको बताउँदै वर्तमान काँग्रेस नेतृत्वको सरकारले सप्तरीका बाढीपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?
प्रदेश गौरवको सडक निर्माणले गति लिँदै
प्रदेश गौरवको सडक निर्माणले गति लिँदै
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
सी जिनफिङको कार्यकालमा चीनको कति भयो विकास ?
सी जिनफिङको कार्यकालमा चीनको कति भयो विकास ?

तपाईंले छुटाउनुभयो कि?