आमाछोरा मृत फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
आमाछोरा मृत फेला

सारांश

  • दाङ ।
  • प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्।
  • ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन् ।

दाङ । प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्। ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि करिब डेस सय मिटर नजिक जङ्गलको काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको झिमरुक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेको छ । अहिले प्रहरीले स्थानीयको रोहवरमा मुचुल्का उठाउने काम भैरहेको वडा अध्यक्ष केसीले बताए । मृतक विष्णाका श्रीमान् मजदुरीका लागि भारतमा छन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?