युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्

सारांश

  • आजभोली धेरैले युट्युवमा विभिन्न किशिमका भिडियोहरु हालेर पैसा कमाइरहेका हुन्छन् ।
  • नेपालमै पनि युट्युवकै लागि भिडियो बनाउनेहरु अहिले धेरै छन् ।
  • तर युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ ?

आजभोली धेरैले युट्युवमा विभिन्न किशिमका भिडियोहरु हालेर पैसा कमाइरहेका हुन्छन् । नेपालमै पनि युट्युवकै लागि भिडियो बनाउनेहरु अहिले धेरै छन् । तर युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ ? आज तपाईहरुलाई यसको बारेमा जानकारी दिन गइरहेका छौँ ।

तपाईले युट्युवमा भिडियो हालेर पैसा कमाउने हो सुरुमा तपाईको च्यानेल मोनेटाइज भएको हुनु पर्छ । च्यानल मोनेटाइज हुनका लागि केही मापदण्डहरु रहेका छन् । च्यानेल मोनेटाइज हुन सबैभन्दा पहिला तपाईको च्यानेलमा १ हजार सब्सक्राइबर पुगेको हुनु पर्छ । त्यसपछि तपाईको च्यानलमा ४ हजार घण्टा वाच टाइम पनि पुगेको हुनु पर्छ । यति भएपछि तपाईले आफ्नो च्यानल मोनिटाइज गर्न सक्नु हुनेछ । तपाईको च्यानेल मोनिटाइज भएपछि मात्रै तपाईले हालेको भिडियोले पैसा कमाउन सक्छ ।

पैसा कसरी आउँछ ?
मोनेटाइजेसन भएको तपाईको च्यानलमा जब तपाईले भिडियो अपलोड गर्नु हुन्छ तब तपाईको भिडियोमा युट्युवले विज्ञापन राख्छ । त्यसरी राखिएको विज्ञापनहरुबाट नै तपाईले हालेको भिडियोले पैसा कमाउन थाल्छ ।

कति पैसा कमाउँछ भिडियोले ?
युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ । पैसा कति कमाउने भन्ने चाँही मुख्य गरी दुई कुरामा निर्भर रहेको छ । भिडियोहरुको प्रकार र ती विज्ञापनहरुको मुल्यले तपाईले हालेको भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ । नेपालबाट अपलोड गरेको भिडियोहरुको ट्रेण्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब ५ सय डलर कमाएको देखिन्छ । त्यसैले यदि राम्रोसँग आफैले सिर्जना गरेर भिडियो बनाउने र त्यही अनुसारको भ्यूज जाने हो भने युट्युवबाट राम्रै आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ ।

पैसा कमाउने भिडियो कस्तो हुनुपर्छ ?
युट्युबमा हालेको भिडियोबाट पैसा कमाउन चाहनु हुन्छ भने तपाईले आफैले सिर्जना गरेको भिडियो मात्रै हाल्नु पर्छ । अरुको कपी गरेको भिडियो हालेर पैसा कमाउने सपना देख्नु भएको छ भने त्यस्तो गर्दै नगर्नुस् । तपाईले हाल्ने भिडियोमा तपाईकै स्वामित्व भएको हुनु पर्छ । कपिराइट लाग्ने किशिमका कुनै भिडियो अपलोड गरेको खण्डमा पैसा आउनुको साटो आफ्नै च्यानेल समेत उड्न सक्ने खतरा हुन्छ । त्यस्तै तपाइँले हाल्ने भिडियो युट्युवको सर्त र कम्यूनिटी गाइडलाइन्स अन्तर्गतको पनि हुनु पर्छ । यदी अरुको सिर्जना आफ्नो च्यानेलमा हाल्दै हुनुहुन्छ भने तपाईले उक्त भिडियो सर्जकसँग युट्युवमा भिडियो हाल्न र पैसा बनाउन लिखित सम्झौता गरेको हुनुपर्छ । यति भए पछि मात्रै तपाईले युट्युवमा भिडियो हालेर पैसा कमाउन सक्नु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
Sanjay Dutt is seen in an intense look in the motion poster ‘Saheb Biwi Aur Gangster 3’
Sanjay Dutt is seen in an intense look in the motion poster ‘Saheb Biwi Aur Gangster 3’
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

तपाईंले छुटाउनुभयो कि?