भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा

सारांश

  • धादिङ ।
  • महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययन घोषणा गरिएको छ ।
  • नयाँ वर्षको पहिलो दिन वैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलद्वारा थाक्रे गाउँपालिका ३ मा रहेको झण्डाचुली चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।

धादिङ । महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययन घोषणा गरिएको छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलद्वारा थाक्रे गाउँपालिका ३ मा रहेको झण्डाचुली चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।

पर्यटनको प्रचुर संभावना बोकेको भूमिचुलीमा सबैभन्दा अग्लो झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानमा झण्डा राखिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे, गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि कंडेलले बताए ।
ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले प्राथमिकतामा राखेको बताए ।

‘सरकारले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपाली’ अभियान सार्थक बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपूर्ण अंगको रुपमा लिएका छौं’ कँडेलले भने । आदिबासी जनजाति तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?