युट्युव च्यानल पनि दर्ता हुनु पर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
४२ पटक हेरिएको
Shares
युट्युव च्यानल पनि दर्ता हुनु पर्ने

सारांश

  • सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो ।
  •  योसँगै युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो ।

सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो । योसँगै युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो ।

अब अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने नयाँ नियमावलीमा उल्लेख छ । लाइसेन्स अनिवार्य गरेसँगै अनलाइन सञ्चालकहरूले अब सरकारलाई नियमित कर पनि तिर्नुपर्ने भएकाे छ ।

यस्तै नियमावलीअनुसार अब आफैँले उत्पादन गरेका सामाग्री प्रकाशन गर्दा उपभोक्ताको उमेरअनुसार त्यसको वर्गीकरण गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?