दूधको समयमै भुक्तानी गर्न किसानको माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
४७ पटक हेरिएको
Shares
दूधको समयमै भुक्तानी गर्न किसानको माग

सारांश

  • भरतपुर (चितवन) ।
  • चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् ।
  • बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् ।

भरतपुर (चितवन) । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् ।

उनीहरूले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए ।

संघका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिलहुँदै गएको बताए । “न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ”, उनले भने, “हामी चेपुवामा परेका छौँ ।” आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
वारा र पर्सामा हावाहुरीले लियो तीन दर्जनको ज्यान, रातभरी आतंक
वारा र पर्सामा हावाहुरीले लियो तीन दर्जनको ज्यान, रातभरी आतंक
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
त्रिशूली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन
त्रिशूली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन
देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो
देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
प्रहरी चौकीनजिकै प्रहरीको हत्या
प्रहरी चौकीनजिकै प्रहरीको हत्या