युद्धविरामका बीच सुडानमा हवाई हमला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
३५ पटक हेरिएको
Shares
युद्धविरामका बीच सुडानमा हवाई हमला

सारांश

  • खार्तुम ।
  • अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।
  • सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो ।

खार्तुम । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।

सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन् ।

व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ । गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन् ।

युद्धविरामको अवधि अरु तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन् ।

तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
दाङ ३ मा कोमल वलीको अग्रता
दाङ ३ मा कोमल वलीको अग्रता
प्रदेश २ मा पनि वामपन्थीकै सरकार
चीनमा प्रधानमन्त्री ओलीले भुले याे महत्वपुण सम्झाैता
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा,  यि हुन योजनाकार
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा, यि हुन योजनाकार
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर

तपाईंले छुटाउनुभयो कि?