पोखराका सुजतको पोर्चुगलमा निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पोखराका सुजतको पोर्चुगलमा निधन

सारांश

  • लिस्बन, २६ वैशाख, वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।
  • राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले राससलाई जानकारी दिनुभयो ।
  • अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।

लिस्बन, २६ वैशाख, वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उहाँले बताउनुभयो ।

कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?