सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की

सारांश

  • म्यानमारको रोहिंग्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने बताएको छ गत वर्ष आराकान स्याल्भेशन रोहिंग्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेपछि रखाने प्रान्तमा ठूलो स्तरमा हिंसा निम्तिएको थियो ।
  • उक्त हिंसाका कारण कम्तीमा साढे ६ लाख रोहिंग्या मुस्लिमहरू भागेर बांग्लादेश पुगेका थिए ।
  • गत शुक्रवार राखिाने प्रान्तमा सेनाको ट्रकमाथि आफूले आक्रमण गरेको आर्साले दावी गरेको छ ।

म्यानमारको रोहिंग्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने बताएको छ गत वर्ष आराकान स्याल्भेशन रोहिंग्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेपछि रखाने प्रान्तमा ठूलो स्तरमा हिंसा निम्तिएको थियो । उक्त हिंसाका कारण कम्तीमा साढे ६ लाख रोहिंग्या मुस्लिमहरू भागेर बांग्लादेश पुगेका थिए । गत शुक्रवार राखिाने प्रान्तमा सेनाको ट्रकमाथि आफूले आक्रमण गरेको आर्साले दावी गरेको छ । उक्त घटनामा तीनजना घाइते भएको बताइएको छ । म्यानमार सरकारले आर्सालाई एउटा उग्रवादी समूहको रूपमा हेर्दै आएको छ ।

तर आर्साले अल्पसंख्यक रोहिंग्या मुस्लिमको अधिकारका लागि लडिरहेको बताउने गरेको छ । आर्सा उत्तरी म्यानमारमा सक्रिय रहेको छ, जहाँ रोहिंग्या समुदाय अनेकौँ समस्याबाट जुझिरहेको भनिन्छ । म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिमहरूलाई आफ्नो देशको नागरिक मान्न अस्वीकार गर्दै आएको छ । उसले उनीहरूलाई बांग्लादेशबाट आएका अवैध आप्रवासी मान्ने गरेको छ । राखिने प्रान्तमा जातीय समूहबीच हिंसा हुँदै आए पनि गत वर्ष सशस्त्र समूहको जन्म भएको थियो । जसले सरकारको विरोध गर्दै आएको छ ।

आर्साले सुरक्षाकर्मीमाथि कैयौँ पटक हमला गरेको बताइन्छ । गत अगष्ट २५ मा आर्सा विद्रोहीको आक्रमणमा ३० जना प्रहरी मारिएका थिए भने सेनाको चौकी ध्वस्त भएको थियो । त्यसपश्चात् सेनाले जवाफी कारबाही थालेपछि रोहिंज्या मुस्लिमहरू देश छाड्न बाध्य भएका थिए । राष्ट्रसंघले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंग्या मुस्लिमविरूद्ध जातीय सफाया गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?