आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०८०
|
|
१६ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा कायम भएकाे छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँर बिक्री दर ८५.८२ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसामा काराेबार गर्न सकिनेछ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरिएकाे छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा खरिदबिक्रीकाे अनुमति दिएकाे छ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा विक्रीदर ४३१.३८ पैसा रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?