महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’

सारांश

  • वालिङ ।
  • स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ ।
  • सहकारीले रू तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।

वालिङ । स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले रू तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।

वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताइन् । उक्त उद्योगबाट रैथाने बाली जर्नेली धान, गहुँ, दलिया, आटा, सर्वोत्तम पिठोलगायत पौष्टिक आहार उत्पादन हुने गर्दछ ।

“वालिङको ब्राण्डकारूपमा गुणस्तरयुक्त ‘अन्नपूर्ण ब्राण्ड’ को नामबाट खाद्यान्न बजारमा पठाउँछौँ”, उनले भनिन् । सर्वोत्तम पिठो अहिलेसम्म नेपालमा उत्पादन नभएकाले यहाँबाट उत्पादन हुने पिठो मुलुककै पहिलो पौष्टिक आहारको रूपमा रहेको अध्यक्ष तिवारीको दाबी छ । बालबच्चादेखि वृद्धवृद्धा सबैलाई पौष्टिक आहारकारूपमा प्रयोग गर्न सकिने उनले जिकिर गरिन् ।

सहकारीले यसअघि समृद्धि गार्मेन्ट उद्योग र नमूना कृषि फर्म सञ्चालन गरिसकेको छ । “महिलाद्वारा सञ्चालित सहकारीले बचत तथा ऋणको कारोबारसँगै गार्मेन्ट उद्योग, नमूना कृषि फर्म सञ्चालन गरिसकेका छौँ”, उनले भनिन्, “बहुउद्देश्यीय सहकारी संस्था भएकाले फरक–फरक क्षेत्रमा काम गर्न पाइने भएकाले अन्नपूर्ण खाद्यान्न उद्योग स्थापना गरेका हौँ ।”

सहकारीले वालिङ–६ मा ३६ रोपनी जग्गा भाडामा लिएर खाद्यान्न उद्योग स्थापना गरेको हो । सोही ठाउँमा नमूना कृषि फर्म पनि सञ्चालनमा छ ।
विसं २०६९ मा ४० जना महिलाद्वारा स्थापित सहकारीले विसं २०७० वैशाखबाट विधिवत् सेवा सुरु गरेको थियो । रू ४५ लाख शेयर पुँजीबाट सुरु भएको संस्थामा हाल रू २७ करोड शेयर पुँजी रहेको संस्थाका सचिव इन्दिरा गैरे अधिकारीले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
भक्तपुरको खरिपाटी क्वारेन्टिनबाट एक कोरोना संक्रमित फरार
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
अमेरिकालाई चेतावनी, जि– ७ अमेरिकालाई एक्लाएर अघि बढ्ने
अमेरिकालाई चेतावनी, जि– ७ अमेरिकालाई एक्लाएर अघि बढ्ने
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

तपाईंले छुटाउनुभयो कि?