बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण

सारांश

  • काठमाडौँ,१५ भदाै।
  •  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ ।
  • बैठक सकिएसँगै (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कालार्इ हस्तान्तरण भएको छ ।

काठमाडौँ,१५ भदाै। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सकिएसँगै (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कालार्इ हस्तान्तरण भएको छ ।

राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा  बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्।प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहयता प्राप्त भएकाेमा हार्दिक आभार प्रकट गरे । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे ।

यो बैठक पछि संयुक दस्तावेजमा परराष्ट्रमन्त्रीहरुल हस्ताक्षर गर्ने छन् र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?