युवा पलायन हुँदा चितवनमा रगत अभाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • चितवन, २८ जेठ ।
  •   चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ ।
  • क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ ।

चितवन, २८ जेठ ।  चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ । जिल्ला को सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ । दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ ।

जिल्लाका ३०० संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि वैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उहाँले बताउनुभयो । जिल्लामा स्वतःस्फूर्तरुपमा संगठित युवाको संस्था ‘युथ फर ब्लड’, अन्य स्वयंसेवी संस्था र बिरामीका आफन्तले दिएको रगत बिरामीलाई दिइँदै आएको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रले रगतको माग बढ्ने र मागअनुसारको आपूर्ति बढ्न नसकेपछि प्रोत्साहनका कार्यक्रम शुरु गरेको छ । जसका लागि स्थानीय निकायसँग समन्वय गरी रक्तदान गर्ने संस्थालाई सहयोग गर्न थालिएको छ ।

भरतपुर महानगरपालिकाले एकजना रक्तदाता बराबर रु ५० र भरतपुर महानगरकै वडा नं ३, ४, १२ र २२ ले रु एक–एक सय र वडा नं ६ र ९ ले रु १५० आ–आफ्नो वडामा हुने रक्तदान कार्यक्रमको आयोजकलाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।

त्यसैगरी रत्ननगर नगरपालिकाले रु १००, खैरहनी नगरपालिकाले रु १००, राप्ती नगरपालिकाले रु ५० र माडी नगरपालिकाले खर्चको आधारमा सहयोग गर्ने जनाएका छन् ।

यससँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थालाई आर्थिक सहयोगका लागि अन्यत्र भौँतारिनु पर्दैन । नेपाल अण्डा उत्पादक संघले एक रक्तदाता बराबर रु २५ सहयोग उपलब्ध गराउँदै आएको छ ।

अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न उपयुक्त हुन्छ । रातो रक्तकोषको आयु ९० दिनको हुने गर्छ । सधैँ यो शरीरमा उत्पादन भइरहने र नष्ट पनि हुने गर्छ । त्यही नष्ट हुने रगत दिएर बिरामीलाई जीवनदान गर्न सकिने भएकाले यसलाई पुण्य कामका रुपमा लिएर रक्तदान गर्ने गर्छन् । पछिल्ला वर्षहरुमा युवा पलायन हुने कारणले रक्तदाताको संख्यामा कमी आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
अप्ठ्यारोमा प्रचण्ड
अप्ठ्यारोमा प्रचण्ड
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
भारत मै उत्पादन हुन थाल्यो आईफोन १४
भारत मै उत्पादन हुन थाल्यो आईफोन १४
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
माघे संक्रान्तिमा राष्ट्रपतिको शुभकामना

तपाईंले छुटाउनुभयो कि?