हत्यारा रोबर्ट भन्दै किन प्रतिबन्धको माग राखियो ?
सारांश
- राष्ट्रसंघमा एक सय भन्दा बढी विशेषज्ञले ‘किलर रोबोट’ अर्थात हत्यारा रोबोटमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
- राष्ट्रसंघलाई पत्र लेख्दै ती विशेषज्ञहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका हुन् ।
- आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विशेषज्ञहरुले उक्त रोबोटको प्रयोग भएमा युद्धमा तेस्रो क्रान्ति हुने चेतावनी समेत दिएका छन् ।
राष्ट्रसंघमा एक सय भन्दा बढी विशेषज्ञले ‘किलर रोबोट’ अर्थात हत्यारा रोबोटमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । राष्ट्रसंघलाई पत्र लेख्दै ती विशेषज्ञहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका हुन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विशेषज्ञहरुले उक्त रोबोटको प्रयोग भएमा युद्धमा तेस्रो क्रान्ति हुने चेतावनी समेत दिएका छन् । यसरी किलर रोबोटमाथि प्रतिबन्ध लगाउन माग गर्ने एक सय १६ विशेषज्ञमा अर्बपति एलन मास्क पनि छन् । उनी टेस्लाका सहसंस्थापक र मूख्य कार्यकारी समेत हुन् ।
त्यस्तै गूगलका सहसंस्थापक मुस्तफा सुलेमान पनि यो सूचीमा छन् । राष्ट्रसंघलाई लेखिएको पत्रमा एक पटक यसको विकास भइसकेपछि ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्ने अनुमान गरिएको छ । यस्ता रोबोट आतंकवादीले समेत प्रयोग गर्न सक्ने खतरा पनि पत्रमा औंल्याइएको छ । यो रोबोट आतंकवादीको हतियार पनि बन्न सक्ने, निर्दोषलाई मार्नका लागि आतंकवादीले यसको प्रयोग गर्न सक्ने तथा यसलाई ह्याक गरेर भयावह अवस्था ल्याउन सकिने पत्रमा भनिएको छ । उनीहरुले राष्ट्रसंघको हतियारको प्रतिबन्धित सूचीमा यो रोबोटलाई सामेल गर्न पनि माग गरेका छन् । हाल यो रोबोट अस्तित्वमा आइसकेको छैन । तर यसको प्राविधिक विकास लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।
प्रतिक्रिया