नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्

सारांश

  • विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
  • बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भइसकेको छ ।
  • पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भइसकेको छ । पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र उनी निकट सदस्यहरु उपस्थित छैनन् । बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतम सहभागि छन् । सचिवालय सदस्यद्धय रामबहादुर थापा र विष्णु पौडेलबीच भने गृहमन्त्रालयमा छुट्टै छलफल भएको छ । बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् । यहीबीचमा अध्यक्ष दाहालले पार्टी कार्यालयमा सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?