यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जीत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जीत

सारांश

  • काठमाडौं।
  • यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
  • मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरको हो।

काठमाडौं। यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरको हो।

अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३ बनाए। अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३/३ लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो। अफगानिस्तानका फैजल खानले ५२ रन बनाए। बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३/३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २/२ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?