ओलीको कामप्रति माओवादी किन संशकित भयो?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ।
  • प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।
  • ‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ।

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ। अहिले पर्ख र हेरकै अवस्था छौं।’

पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु-याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो। पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुनसक्ने माओवादी नेतृत्वको बुझाइ छ।

माओवादी नेताहरू पार्टी एकताबाट पछि हट्ने पक्षमा भने छैनन्। तर उनीहरू तत्कालका लागि एकता प्रक्रिया केही समय पर सार्ने मनस्थितिमा छन्। ‘पार्टी एकताबाट पछि हट्ने अवस्था होइन। तर तत्काल एकता गरेर पछि बाहिर निस्कन राजनीतिक तथा कानुनी रूपमा गाह्रो हुनेछ। त्यसैले वैशाख ९ को मिति पछि सार्ने पक्षमा नेताहरू रहेका छन्,’ ती माओवादी नेताले भने, ‘थप गृहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाले पार्टी विभाजनपछिको कानुनी मान्यतालाई कठिन बनाएको छ। नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र ससंदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या आवश्यक पर्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरूले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन पार्टी एकीकरण हुने बताउँदै आएका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?