योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी

सारांश

  • २३ असार, काठमाडां ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।
  • मुख्य सचिव डा.

२३ असार, काठमाडां । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न तथा त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।

निर्देशन कार्यान्वयन नभएमा कानुन बमोजिम मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रधानमन्त्री कार्यालयको चेतावनी छ ।

साथै गैरमेरिटका आधारमा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन नगराउन त्रिविवि डिन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई पठाएको पत्रको जानकारी दिन पनि भनेको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले पिजी अर्थात् एमडी/एमएस/एमडिएसको भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन प्रवेश परीक्षा नतिजाको योग्यताक्रम अनुसार भर्ना लिन पाउने व्यवस्था गरेको छ ।

तर, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र विरगन्जस्थित नेसनल मेडिकल कलेजले आफूखुसी विद्यार्थी भर्ना गरेका छन् । दुबै कलेजले मेरिटका आधारमा पठाएका विद्यार्थीहरुको सूचीलाई वेवास्ता गर्दै कमजोर रहेका विद्यार्थीसँग बढी शुल्क लिँदै भर्ना लिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Where to get a Girl That will Make a Girlfriend
हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने  !
हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने !
करेन्ट लागेर तामाङको मृत्यु
करेन्ट लागेर तामाङको मृत्यु
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
महिला मानव अधिकार जोखिममा
महिला मानव अधिकार जोखिममा
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै