हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

सारांश

  • काठमाडौं ।
  • बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।
  • प्रदेश २ का अनुसार बारामा २७ जना, पर्सामा एकजनाको ज्यान गएको हो ।

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश २ का अनुसार बारामा २७ जना, पर्सामा एकजनाको ज्यान गएको हो । 

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन हामी लागिरहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?