सुन तस्करीको खोजी भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी..
सारांश
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ ।
- ब्युरोले आज एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ ।
- विज्ञप्तिमा ब्युरोले अनुसन्धानलाई उत्साहजनक ढङ्गले अगाडि बढाइरहेको र यसमा सङ्ग्लग्न कुनै पनि व्यक्ति वा संस्था छिट्टै कानुनी दायरामा आउने विश्वास गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ ।
ब्युरोले आज एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ । विज्ञप्तिमा ब्युरोले अनुसन्धानलाई उत्साहजनक ढङ्गले अगाडि बढाइरहेको र यसमा सङ्ग्लग्न कुनै पनि व्यक्ति वा संस्था छिट्टै कानुनी दायरामा आउने विश्वास गरिएको छ ।
साथै विभिन्न सञ्चारमाध्यमले अनुसन्धानलाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै आपत्तिसमेत जनाएको छ ।
रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया