कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला

सारांश

  • गैंडाकोट, १४ मंसिर।
  • कांग्रेस महामन्त्री डा.
  • शशांक कोइरालाले नेपाली कांग्रेसमा  वामपन्थी एकताबाट मुलुकमा जन्मने कम्युनिस्ट अधिनायकवादविरुद्ध आमजनताको मत कांग्रेसको पक्षमा आउने जिकिर गरेका छन् ।

गैंडाकोट, १४ मंसिर। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसमा  वामपन्थी एकताबाट मुलुकमा जन्मने कम्युनिस्ट अधिनायकवादविरुद्ध आमजनताको मत कांग्रेसको पक्षमा आउने जिकिर गरेका छन् ।

महामन्त्री कोइरालाले भने, ‘देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पुर्‍याउन पुन नयाँ प्रतिबद्धताका साथ एमाले र माओवादीको गठबन्धन भएको छ । त्यो गठबन्धनको उद्देश्य प्रजातन्त्रका विश्वव्यापी मूल्य र मान्यताविरुद्ध अधिनायकवादी शासन व्यवस्था लागू गर्नु हो । त्यसैले आम जनताले कांग्रेसको पक्षमा मतदान गर्नेछन् ।’

नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार डा. कोइरालाले भरतपुरबाट करिब पाँच किलोमिटर पश्चिममा पर्ने गैंडाकोटमा भने, ‘जनताले ठूल्ठूला परिवर्तनमा सहभागी कांग्रेसलाई मतदान गरी वामपन्थीको अधिनायकवादी सत्ता सोचलाई परास्त गर्ने विश्वासमा छु ।’

कांग्रेसले प्रजातन्त्र र बुहलवादमा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै उनले यी सबै विषयमा जनता नै विज्ञ रहेकोले पनि कांग्रेसले आगामी चुनावी परिणाममा बहुमत सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मुलुकमा कांग्रेस नेतृत्वमा भएका परिवर्तनको प्रचार गर्न नसक्नु र पार्टीभित्र अझै पनि सूक्ष्म रूपमा अन्तर्घातका घटना दोहोरिन आफूहरूका कमजोरी रहेको औंल्याउँदै उनले भने, ‘कांग्रेसले अब पार्टीदेखि राज्यसत्तासम्म युवा नेतृत्व खोज्नुपर्छ ।’ एक प्रश्नको उत्तरमा उनले भने, ‘दोस्रो चरणको निर्वाचनलगत्तै बस्ने संसदीय दलले दलको नेता र पार्टीको १४ औं महाधिवशेनले पार्टीको शीर्ष स्थानमा युवालाई चयन गर्नेछ ।’

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको नेतृत्वका लागि आफू काबिल रहेको दाबी प्रस्तुत गर्दै महामन्त्री कोइरालाले भने, ‘म कांग्रेसको नेतृत्व लिन तयार छु ।’ कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’ अभाव भएकै हो भन्दै जिज्ञासामा महामन्त्री शशांकले भने, ‘त्यसका लागि पनि कांग्रेसले युवा पुस्तालाई नेतृत्व सम्पनुको विकल्प छैन । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा थोरै भए पनि युवालाई अघि सारेका छौं । युवालाई नेतृत्व सुम्पनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसो भए पार्टीभित्रको घात÷अन्तर्घात पनि स्वत: अन्त्य हुनेछ ।’

सभापति देउवाले कैलाली ५ बाट कांग्रेस नेतृ डा. आरजू देउवालाई उम्मेदवार बनाउनुको अर्थ शेरबहादुर दाइले डा. आरजूलाई कांग्रेस र सत्ताको नेतृत्व ‘ह्यान्डओभर’ गर्ने उद्देश्य नदेखेको दाबी महामन्त्री कोइरालाको छ । उनले भने, ‘कांग्रेसमा डा. आरजूको राम्रो भूमिका देखेको छु । उनले संसद्मा उम्मेदवारी दिनुको उद्देश्य देउवाको सत्ता ‘हाइन्ड ओभर’ भन्ने होइन । हुन पनि सक्दैन ।’ देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०१५ सालमा लिएका सामाजिक आर्थिक कार्यक्रमलाई ‘नौ स’ मा रूपान्तरण गर्दै एमालेले सुरु गरेको वृद्धभत्ताकै नाममा सदाकाल जनताले मतदान नगर्ने दाबी उनको छ । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले समाजिक सुरक्षा भत्ता घोषणा गरेको थियो । एक प्रश्नको उत्तरमा महामन्त्री कोइरालाले भने, ‘बीपी कोइरालापछि उनले लिएको समाजवादको पर्याप्त प्रचार नगरेको परिणाम कांग्रेस पछाडि परिरहेको छ ।’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले दस बर्षे जनयुद्धलाई शान्तिप्रक्रियामा ल्याएको र सभापति सुशील कोइरालाको पालामा संविधान जारी भएको कुरासमेत हामीले प्रचार गर्न नसक्नुको जिम्मेवारी नेतृत्वले गम्भीरतासाथ जिम्मेवारी लिनुपर्नेमा कोइरालाले जोड दिए ।

महामन्त्री कोइरालासँग अन्नपूर्णले गरेको कुराकानी

प्रश्न : महामन्त्रीज्यू उपस्थित भएर मन्तव्य दिनुपर्ने माग सबै निर्वाचन क्षेत्रमा भएको थियो, त्यसले कत्तिको पूर्णता पायो ?
उत्तर : मैले सकेजतिका स्थानमा सम्बोधन गरेको छु । मेरो पुरानो निर्वाचन क्षेत्र संशोधन भएपछि नयाँ निर्वाचन क्षेत्र भएकोले पर्याप्त घुमफिर गर्न सकिनँ । यद्यपि आजै कपिलवस्तु, दाङ र पश्चिमका केही भूभागमा पनि जाँदै छु । आम मतदाताको कांग्रेसप्रतिको अपेक्षा प्रजातन्त्रको संस्थागत विकास र मुलुकमा आर्थिक उन्नतितर्फ नै केन्द्रित छ ।

प्रश्न : कांग्रेस बीपीको नीतिबाट विचलन भएको आरोप छ नि ?
उत्तर : कांग्रेस बीपीकै नीतिमा छ । गरिब र धनीको खाडल पुरिनुपर्छ भन्ने मान्यतामा म दृढ छु । कांग्रेसको निर्वाचन घोषणापत्रमा यी कुरा समेटिएका छन् । केही कुरा महत्वाकांक्षी ढंगले पनि आएका छन् । घोषणापत्रको कार्यान्वयनमा जाँदा कांग्रेसले आर्थिक समाजवादलाई प्रोत्साहान गर्नेछ ।

प्रश्न : घात, अन्तर्घात, गुट र उपगुटले ग्रसित कांग्रेसलाई जोगाउन के गर्दै हुनुहुन्छ ?
उत्तर : केही समय पहिलेको अवस्थामा कांग्रेस छैन, अहिले घात÷अन्तर्घात र गुट÷उपगुट धेरै हदसम्म अन्त्य भइसकेको छ । पार्टीविरोधी कार्य रोक्न हामीले प्रतिनिधिसभा र प्रदेशसभाको टिकट वितरण कार्यमा अत्यन्त निष्पक्ष भूमिका निभाएका छौं । हामीले टिकट वितरण गर्दा ४० प्रतिशत युवालाई प्राथमिकता दिएका छौं ।

प्रश्न : कांग्रेसको पक्षमा जनलहर नदेखिनुको कारण के होला ?
उत्तर : २०४६ सालको परिवर्तनपछि कांग्रेसले करिब सात वर्षसम्म राम्रै आर्थिक, सामाजिक र विकास निर्माणका कार्य अघि बढाएकै हो । त्यसले गति लिन भने सकेन । दस बर्र्से जनयुद्ध पनि यो मुलुकको आर्थिक विकासका लागि बाधक बन्यो । जसका कारण खर्बौं रुपैयाँ बराबरको भौतिक संरचना र, आयोजना र परियोजना नष्ट भए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामपछि समग्रतामै पार्टीलाई सुधार्दै अघि बढाइनेछ । जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी आर्थिक कार्यक्रम लग्न नसकेसम्म पार्टीलाई जनविश्वास लिन गाह्रो हुन्छ ।

प्रश्न : वामपन्थी गठबन्धनबाट कांग्रेस चिन्तित हुनुको कारण के हो ?
उत्तर : वाम गठबन्धले दस वर्षभित्र साम्यवाद ल्याउँछौं भन्दै प्रजातन्त्रलाई चनौती दिएकोले कांग्रेसले खबरदारी गरको हो । कांग्रेसको एक मात्र मूलमन्त्र बहुलवाद हो । बहुलवादलाई अप्ठ्यारो पर्ने गरी कहीँ कतैबाट काम हुनु भनेको अधिनायकवादी सत्ता जन्मनु हो । विश्वमै नटिकेको साम्यवाद नेपालमा ल्याउन खोज्नु मुलुककै लागि दुर्भाग्यको कुरा हो ।

(अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारबाट)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhupal Ghimire

    आलु कोइराला भारतिय दलाल हो भाते?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
छ महिनामै कालोपत्र उत्रियो
छ महिनामै कालोपत्र उत्रियो
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
विद्यालय भवन निर्माणमा सहयोग जुट्यो
विद्यालय भवन निर्माणमा सहयोग जुट्यो
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
चुनाव चिह्न लिँदै दलहरु, अन्तिम नामावली आजै
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने

तपाईंले छुटाउनुभयो कि?