तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन्।
  • आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन्। आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए। 
उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को बिहीबार उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए। 
नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ।” 
सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ। सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो। स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो।” 
उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताए। 
बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताए। 
उनले भने, “विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तन गरेका छौँ, अनुकूल वातावरण निर्माण गरेका छौँ। लगानीकर्तालाई कुनै असुविधा नहोस् भनेर एकल सेवा बिन्दु (वान स्टेप सेन्टर) स्थापना गरेका छौँ। दोहोरो कर प्रणाली अन्त्य गर्न विभिन्न देशसँग समझदारी गरिएको छ।” 
विगत अब इतिहास भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले विकासको नयाँ दृष्टिकोण अघि सारेको बताए। “विगतका समस्या अब इतिहासका कुरा भए, ती आजका विषय होइनन् हिजोका विषय हुन्, हिजोका विषयमा अल्झिरहनुको कुनै अर्थ छैन । अब हामी अगाडि बढ्छौँ । अगाडि बढ्नका लागि आवश्यक पूर्वाधार, पूर्वशर्त सबै पूरा गर्छाैं,” उनले भने। 
सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै निजी र सहकारी क्षेत्रलाई सँगै लिएर हिँड्न चाहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले सरकार एकाधिकार र एकलौटी गर्ने पक्षमा नरहेकाे बताए। 
निजीकरणको नाउँमा सार्वजनिक सम्पत्ति बेचेर खाने विगतलाई स्मरण गर्दै उनले भने, “अहिले बेचेर खाने जमाना होइन्, उद्यमशीलताको अवस्था हो। निजी क्षेत्रलाई उद्योगको स्थापना गरी त्यसबाट पारस्परिक लाभ ग्रहण गर्नु अहिलेको आवश्यकता हो। औद्योगिक वातावरण निर्माण गर्न सरकाले कुनै कसर बाँकी राख्दैन।” 
उनले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको यस मेलाले व्यापारिक समुदायका बीच अनुभव आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “मेलाले नेपाली व्यवसायी र विदेशी व्यवसायीका बीचमा उत्पादनका बारेमा जानकारी दिनेछ, पारस्परिक मित्रता, सामीप्यता साटासाट गर्न सहयोग मिल्नेछ।” 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास सम्भव नभएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रका व्यवसायी बीचको एकता अहिलेको आवश्यकता भएको बताए। उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले शुक्रबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे। 
मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले वैदेशिक लगानी भित्र्याउन लागेको स्पष्ट पार्दै मन्त्री यादवले अब स्वदेशी लगानीकर्ताले पनि आफूलाई पूँजी र प्रविधिमा दरिलो बनाउनुपर्ने बताए। सरकारले लगानीको सुनिश्चितता, प्रतिफल लैजाने कानूनी व्यवस्था गरेको जानकारी दिँदै उनले विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरे। 
महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुको विकल्प नभएको जिकीर गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न मेला उपयुक्त अवसर भएको बताइन्। रासस
––– 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
Television and bollywood who flaunted their baby bump in style!
Television and bollywood who flaunted their baby bump in style!
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा