रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि

सारांश

  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले पोखरेल निर्मल निवास छिरेको पुष्टि गरेका हुन् ।
  •  प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग २१ साउनमा विशेष कुराकानी गर्दै भट्टराईले भने, उहाँ इश्वर पोखरेल निर्मल निवास वा त्यसको कम्पाउन्डभित्र जानुभएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले पोखरेल निर्मल निवास छिरेको पुष्टि गरेका हुन् । प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग २१ साउनमा विशेष कुराकानी गर्दै भट्टराईले भने, उहाँ इश्वर पोखरेल निर्मल निवास वा त्यसको कम्पाउन्डभित्र जानुभएको हो ।

निर्मल निवासभित्र जानुमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट्ने कुनै उद्देश्य र योजनासहित नपुगेको बताए । पोखरेलसँग आफूले कुरा गर्दा निर्मल निवास गएको तर नेपाल ट्रष्टको जग्गा नीरिक्षण गर्न पुगेको खुलाए । नेपाल ट्रष्टको जग्गा र पूँजीको नीरिक्षण गर्न पोखरेल निर्मल निवास गएको दाबी गरे । उनले भने, ‘नेपाल ट्रष्टको संयोजकको हैसियतले

उहाँ देशभर ट्रष्टको सम्पत्ति संरक्षणको उद्देश्यसहित गइरहनुभएको छ ।’ पोखरेल अन्य स्थानमा जाँदा चर्चा नभएको तर निर्मल निवासमा जाँदा चर्चा भएको बताए । उनले भने, पूर्व राजा बसेको हुनाले चर्चा भएको होला । यसअघि पोखरेल निर्मल निवास छिरेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको विषय चर्चामा आएको थियो । तर, पोखरेलले शाहलाई पोखरेलले नभेटेको बताए ।

ट्रष्टको संरक्षकको हिसाबले पोखरेलले जग्गा र सम्पत्ति संरक्षणका लागि सक्रियता देखाएको दाबी गरे । देशभर ट्रष्ट अन्र्तगतको सम्पत्ति नेपाल सरकारको भएकाले संरक्षण गर्नु सरकारको दायित्व भएको बताए । दायित्वलाई बुझेर सरकारले ट्रष्टको जग्गा संरक्षणमा सक्रिय भूमिका निभाइरहेको बताए ।

राजसंस्था कुनै हालतमा नफर्कने बताए । जनताले राजतन्त्र फर्काउन नहटाएको बताए । पूर्व राजा ज्ञानेन्द्र शाहले चलखेल गर्न नहुने बताए । उनले भने, ‘चुप लागेर बस्नु पूर्व राजाको हितमा छ ।’ पूर्व राजाले गलत तरिकाले चलखेल गरे सरकारले कारबाही गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
एमालेको स्थायी कमिटी बैठक बस्दै
एमालेको स्थायी कमिटी बैठक बस्दै
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
Pin Up Casino Online Slots Revie
१६१ स्थानीय तहको मतगणना पूरा
१६१ स्थानीय तहको मतगणना पूरा
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल

तपाईंले छुटाउनुभयो कि?