लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सारांश

  • सुर्खेत, ११ मङ्सिर ,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ ।
  • प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताउनुभयो ।
  • “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उहाँले भन्नुभयो, “यसका विरुद्ध युद्धस्तरमा काम गर्न हामी सबै जुट्नुपर्छ ।

सुर्खेत, ११ मङ्सिर ,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ ।

प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताउनुभयो । “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उहाँले भन्नुभयो, “यसका विरुद्ध युद्धस्तरमा काम गर्न हामी सबै जुट्नुपर्छ ।”

मानव समाजको कलङ्कका रूपमा देखापरेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डरलाग्दो प्रवृत्तिका विरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।”

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी र मदिराका घटना भएको बताउनुभयो । “लागुऔषध र मदिरालगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पु¥याउँछौँ,” प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो ।

प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको बताउनुभयो ।

“हामीले यो अभियानबाट आध्यात्मिक, सांस्कृतिक, वैयक्तिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य लिएका छौं,” अध्यक्ष शाहले भन्नुभयो, “देशका सात प्रदेश गरेर हालसम्म चार हजार ३७६ जनालाई उपचार गरी पठाइसकेका छौँ ।”

‘आसरा सुधार केन्द्र’ रानीबारी, काठमाडौँका परामर्शदाता लवज पुरीले प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु र सुर्खेत जिल्लाका विभिन्न विद्यालयगरी हालसम्म जम्मा तीन हजार ४१९ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतना जगाइएको बताउनुभयो ।

उक्त कार्यक्रममा दुव्र्यसनीका विरुद्ध राम्रो काम गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेत, प्रहरी नायव निरीक्षक मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?