ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका

सारांश

  • धनगढी, २० माघ ।
  • यही आइतबार र सोमबार धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्यालेन्ट हन्ट कार्यक्रम हुने भएको छ ।
  • देशकै सर्वाधिक पुरस्कार राशीको अक्सनमा आधारित प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिमका खेलाडीहरुलाई मौका दिने उद्देश्यले आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ट्यालेन्ट हन्ट गर्न लागेको हो ।

धनगढी, २० माघ । यही आइतबार र सोमबार धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्यालेन्ट हन्ट कार्यक्रम हुने भएको छ । देशकै सर्वाधिक पुरस्कार राशीको अक्सनमा आधारित प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिमका खेलाडीहरुलाई मौका दिने उद्देश्यले आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ट्यालेन्ट हन्ट गर्न लागेको हो ।

ट्यालेन्ट हन्टमा सहभागी जनाउन चाहने खेलाडीहरुले शनिबारसम्म धनगढी प्रिमियर लिगको अफिसियल वेवसाइट तथा धनगढीस्थित डिसीएको कार्यालयबाट फाराम लिइ भर्न सक्नेछन् । ट्यालेन्ट हन्टको फाराम निःशुल्क उपलब्ध हुनेछ । ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका १२ जना खेलाडीहरु छनोट गर्ने र ती खेलाडीहरुबाट प्रत्येक टिमले एक जना खेलाडी लिने डिसिएका अध्यक्ष सुवास शाहीले बताए ।

ट्यालेन्ट हन्टमा खेलाडीको छनोट गर्न राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापा धनगढी पुगिसकेका छन् । छनोटमा परेको खेलाडीले डिपिएल अक्सनको समूह डी अन्तर्गत २५ हजार रुपैयाँ पाउने छन् । यसअघि आयोजकले सुदूरपश्चिमका एकजना खेलाडी प्रत्येक टिमले लिनैपर्ने प्रावधान तोकेको थियो ।

ट्यालेन्ट हन्टसहित अन्य खेलाडीहरुका लागि भने आयोजकले यसअघि नै अक्सनको फाराम खोलिसकेको छ । नामदर्ता गराएका खेलाडीहरुलाई समेटेर आउँदो फागुन ९ गते काठमाडौंमा खेलाडीको अक्सन हुने डिसिएले जनाएको छ ।

डीपिएल आगामी चैत्र १७ गतेबाट धनगढीमा हुँदैछ । प्रतियोगितामा टिम चौराह धनगढी, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपेन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?