अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द

सारांश

  • बीबीसी।
  • युक्रेन र रुसबीच भएको विवादपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमीर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन्।
  • आइतबार क्रिमियाई प्रायद्वीपमा रुसी सैनिकले युक्रेनको नौसेनाको जहाजलाई कब्जामा दिएका थिए।

बीबीसी। युक्रेन र रुसबीच भएको विवादपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमीर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन्।

आइतबार क्रिमियाई प्रायद्वीपमा रुसी सैनिकले युक्रेनको नौसेनाको जहाजलाई कब्जामा दिएका थिए। ट्रम्पले जी–२० सम्मेलनमा आफूले रुसी राष्ट्रपटिसँग भेट नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। ‘रुसले अहिलेसम्म युक्रेनका जहाज र सेनालाई फिर्ता नगरेको अवस्थामा रुसी राष्ट्रपतिसँग भेट गर्नु उचित हुँदैन,’ ट्रम्पले भने।

उता जर्मन चान्सलर एंगेला मार्केलले यो घटनाकालागि रुस जिम्मेवार रहेको बताएकी छन्। उनले यो विषय जी–२० सम्मेलनमा राष्ट्रपति पटिनका अगाडि यो विषय उठाउने बताइन्। जी–२० सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदैछ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले नेटोसँग आफ्नो इलाकामा जहाज पठाउन आग्रह गरेका छन्। यो संकटलाई मध्यनजर गर्दै उनले युक्रेनको सीमा क्षेत्रमा ३० दिनसम्म मार्शल ल लागू गरेका छन्।
बिहीबार उनले युक्रेनमा रहेका रुसी नागरिकले बैंकबाट पैसा निकाल्न, विदेशी मुद्रा साट्न र विदेश यात्रा माथि प्रतिबन्धको सामना गर्नुपर्ने घोषणा गरेका थिए।

रुस र युक्रेनबीचको यो संघर्ष क्रिमिया र रुसबीच पर्ने कर्च स्ट्रेट अर्थात तंग जलमार्गमा भएको हो।
आइतबार बिहान युक्रेनको नौसोनाको दुईवटा हतियारले सज्जित जहाज र एक डुंगालाई तान्ने जहाज त्यही बाटो हुँदै आजोफ सागरस्थित बंदरगाह शहर मेरीपोल जाँदैगर्दा रुसले कब्जामा लिएको थियो।

२००३ मा रुस र युक्रेनबीच एक सम्झौता भएको थियो। जस अनुसार कर्चको तंग समुन्द्री बाटो र आजोव सागरबीचको सीमा बाँडिएको थियो। तर पछिल्लो समय रुसले युक्रेनको बन्दरगाह शहरमा आउने जहाजमो जाँच गर्न सुरु गरेको छ।

कर्च स्ट्रेटले रुस र क्रिमियालाई छुट्ट्याउँछ। क्रिमिया युक्रेननी प्रयाद्वीपको एक भाग हो। जसमाथि २०१४ मा रुसले कब्जा जमाएको थियो। युक्रेनले रुसले थाहा पाएरै मेरिपोल र अजोपल सागरमा बर्डियांस्क जस्ता बन्दरगाहमाथि नाकाबन्दी लगाएको बताउँदै आएको छ।

हिरासतमा लिएका २४ युक्रेनी नौसैनिकलाई क्रिमियाकोको अदालतले मुद्दाको सुनुवाई सुरु भन्दा पहिला दुई महिनाकालागि नजरबन्दमा राखेको छ। युक्रेनले आफूलाई समुन्द्री संघर्षकालागि उक्साएको रुसले आरोप लगाएको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा राष्ट्रपति चुनाव हुन गइरहेकाले यसलाई यसलाई युक्रेनले मुद्दा बनाएको आरोप लगाएका छन्।

युक्रेनका वर्तमान राष्ट्रपति पोारोशेन्कोको लोकप्रियतामा निकै कमी आएको छ। कीएफ पोस्ट पत्रिकाका अनुसार केही समय अगाडि भएको चुनावी सर्वेक्षणले चुनावमा राष्ट्रपति पोरोशेन्कोलाई मात्र दश प्रतिशत भोट प्राप्त हुने देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ पनि दवावमूलक कार्यक्रमको घोषणा गर्न वाध्य
पत्रकार महासंघ पनि दवावमूलक कार्यक्रमको घोषणा गर्न वाध्य
सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित
सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित
४० अर्ब रकम दुई हप्तामा स्वाहा !
४० अर्ब रकम दुई हप्तामा स्वाहा !
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जुडो विद्यालयमा शिक्षक अभाव
जुडो विद्यालयमा शिक्षक अभाव
चिकित्सक पिट्न आदेश दिने डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइए
चिकित्सक पिट्न आदेश दिने डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइए
बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार
बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार
पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
जनकपुरलाई भारतमा गाभ्न भन्ने भाजपा नेता आजादलाई एमालेले दियो यस्तो जवाफ
जनकपुरलाई भारतमा गाभ्न भन्ने भाजपा नेता आजादलाई एमालेले दियो यस्तो जवाफ