२२ तलाको धरहरा अबको २ वर्षभित्र बन्ने!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
२२ तलाको धरहरा अबको २ वर्षभित्र बन्ने!

सारांश

  • ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ ।
  • नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.
  • युवराज भुसालले बताए ।

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’

यसकारण टेलिकमको प्रस्ताव ‘रिजेक्ट’
यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो । २९ असार ०७३ मा मन्त्रिपरिष्दको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर, टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्व विभागले त्यसलाई रिजेक्ट गरेको हो । आफ्नो प्रस्तावलाई पुरातत्व विभागले अस्वीकार गरेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिकेको प्रवक्ता सोभन अधिकारीले बताए । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माणको जिम्मा प्राधिकरणलाई नै दिएको हो । सोहीअनुसार प्राधिकरणले अहिले धरहरा निर्माण प्रक्रिया अघि बढाएको हो ।

अर्बौं उठेको हुनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि टेलिफोन सेवा शुल्कमा १ प्रतिशत थप गर्ने आफ्नो निर्णयपछि अर्बौं रुपैयाँ उठेको हुनुपर्ने बताए । उनले बिहीबार ट्विट गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘धरहरालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि ०७२/७३ को बजेटमा मैले प्रस्ताव गरेको ‘हाम्रो धरोहर हाम्रै दायित्व’ अभियानमा सबैको सहभागिता जुटाउन टेलिफोन बिलमा १ प्रतिशत दस्तुर थपेर निर्माण भएको सम्पदा कोषमा अर्बौं रुपैयाँ जम्मा भैसकेको हुनुपर्छ, दुर्भाग्य भत्केको धरहरा उही अवस्थामा छ ।’

सम्पदा पुनर्निर्माण करबाट कति उठ्यो ?
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष ०७२/७२ को बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । भूकम्पपछिको सम्पदा पुनर्निर्माणका लागि भन्दै सरकारले दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप गर्दै ११ प्रतिशत पुर्‍याएको थियो । अर्थ मन्त्रालयका अनुसार हालसम्म सम्पदा पुनर्निर्माण करबाट १ अर्ब ६० करोड रुपैयाँ उठिसकेको छ । आर्थिक वर्ष ०७२/७३ मा दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्कमार्फत कुल ६ अर्ब २७ करोड रुपैयाँ, आव ०७३/७४मा ६ अर्ब ५४ करोड रुपैयाँ र चालू आवको चैत मसान्तसम्म ४ अर्ब ६९ करोड रुपैयाँ राजस्व तिरेका छन् । यसलाई आधार मान्दा हालसम्म सम्पदा पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड ९० लाख रुपैयाँ करमार्फत उठेको छ ।

दुई वर्षभित्र निर्माण
डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ । नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ☀ ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध