रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली

सारांश

  • सांसद कोमल वली नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध अदालत जाने भएका छन् ।
  • उनले वलीको नामै तोकेर अपमानजजनक अभिव्यक्ति दिएका थिए ।
  • त्यसविरुद्ध वली अदालत जाने भएकी हुन् ।

सांसद कोमल वली नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध अदालत जाने भएका छन् । उनले वलीको नामै तोकेर अपमानजजनक अभिव्यक्ति दिएका थिए । त्यसविरुद्ध वली अदालत जाने भएकी हुन् ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै सांसद वलीले आफू महिलाविरुद्ध हुने कुनैपनि हिंसाविरुद्ध लड्दै आएको बताइन् । उनले भनिन्,‘यो मेरोविरुद्ध नभई समग्र महिलाविरुद्धको आक्रमण हो ।’ न्यायका लागि आफू जनता र अदालत दुवैसम्म जाने बताइन् । उनले भनिन्,‘म अदालत जान्छु ।’

पन्तले कोमल वली पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि आक्रामक बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।उनले पन्तलाई महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् ।

उनले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?