शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले बनाएको नयाँ मन्त्रिपरिषद् आज औपचारिक रूपमा कार्यान्वयन हुँदैछ।
- राष्ट्रपति कार्यालयका अनुसार तीन नवनियुक्त मन्त्रीले बिहान ११ः३० बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिन लागेका छन्।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कुलमान घिसिङ, गृह तथा कानून मन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा रामेश्वर खनाल नियुक्त भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले बनाएको नयाँ मन्त्रिपरिषद् आज औपचारिक रूपमा कार्यान्वयन हुँदैछ। राष्ट्रपति कार्यालयका अनुसार तीन नवनियुक्त मन्त्रीले बिहान ११ः३० बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिन लागेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कुलमान घिसिङ, गृह तथा कानून मन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा रामेश्वर खनाल नियुक्त भएका छन्। घिसिङ विद्युत प्राधिकरणमा सुधारका लागि चर्चित कार्यकारी निर्देशकका रूपमा चिनिन्छन् भने खनाल पूर्व अर्थसचिवका रूपमा अनुभव बोकेका व्यक्तित्व हुन्। अर्याल भने हालैसम्म काठमाडौं महानगर प्रमुख बालेन शाहका कानूनी सल्लाहकार थिए।
तर मन्त्री छनोटप्रति सबै पक्ष सन्तुष्ट देखिएका छैनन्। विशेषगरी गृहमन्त्रीमा अर्यालको नाम आएकोप्रति आन्दोलनरत जेनजी समूहले असहमति प्रकट गरेको छ। आइतबार राति नै बालुवाटार अगाडि प्रदर्शन गर्दै उनीहरूले अर्याललाई गृहमन्त्री दिनु आन्दोलनको भावनाविपरीत भएको भन्दै आपत्ति जनाएका थिए।
यसअघि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशिला कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी थिइन् भने साँझ मन्त्रिपरिषद् विस्तारको घोषणा गरेकी थिइन्।
b”asta binance h”anvisningskod
Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/pl/register?ref=UM6SMJM3
Binance账户
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/register-person?ref=IHJUI7TF