राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

सारांश

  • डोटी, साउन २७ ।
  • जिल्लाको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।

डोटी, साउन २७ । जिल्लाको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन् ।

घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई÷तीन घण्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा पनि १० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
३५ वर्षपछि पेरू विश्वकपमा
३५ वर्षपछि पेरू विश्वकपमा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…
प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
अर्गानिक कृषी मेलामा भीड
अर्गानिक कृषी मेलामा भीड
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा

तपाईंले छुटाउनुभयो कि?