रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !

सारांश

  • बलिउडका चर्चित जोडी रणवीर सिँह र दिपिका पादुकोण छिटै वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् ।
  • उनीहरुको विवाहमा बलिउडबाट मात्र ४ जनालाई निम्तो दिइएको छ ।
  • इटालीको ठूलो होटलमा हुने विवाहमा जम्मा ३० जना सहभागी हुनेछन् ।

बलिउडका चर्चित जोडी रणवीर सिँह र दिपिका पादुकोण छिटै वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । उनीहरुको विवाहमा बलिउडबाट मात्र ४ जनालाई निम्तो दिइएको छ ।

इटालीको ठूलो होटलमा हुने विवाहमा जम्मा ३० जना सहभागी हुनेछन् । जसमा रणवीर र दिपिकाका परिवार तथा नजिकी आफन्त रहनेछन् । बलिउडका ४ जनामध्ये भने फराह खान, सञ्जय लिला भन्साली र आदित्य चोपडा रहेका छन् । एकजनाको नाम भने खुलाइएको छैन । आमन्त्रित तीनै जना रणवीर र दिपिकाको लागि खास छन् ।

दिपिकाले फराहकै चलचित्रबाट आफ्नो बलिउड यात्रा शुरु गरेकी थिइन भने आदित्य चोपडालाई रणवीरले आफ्नो आदर्श मान्छन् । त्यस्तै दुवै जनाले सञ्जय लिला भन्सालीका तीन सुपरहिट चलचित्रमा काम गरिसकेका छन् । अन्य साथी तथा आफन्तहरु भने मुम्बईमै एउटा रिसेप्सन कार्यक्रममा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?