शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने

सारांश

  • काठमाडाै, २७ जेठ ।
  • उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन सिंगापुर पुगेका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार हुने भनिएको बहु प्रतिक्षित शिखर वार्तामा सहभागी हुन नेता किम अाइतबार (आज) सिंगापुर पुगेका हुन्।

काठमाडाै, २७ जेठ । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन सिंगापुर पुगेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार हुने भनिएको बहु प्रतिक्षित शिखर वार्तामा सहभागी हुन नेता किम अाइतबार (आज) सिंगापुर पुगेका हुन्।

सिंगापुरस्थित चान्गी अन्तर्राष्ट्रिय विमानस्थलमा नेता किमलाई सिंगापुरका विदेश मन्त्री भिभियन बाकृस्ननले स्वागत गरेका थिए।

दुई राष्ट्रप्रमुखबीचको ऐतिहासिक बैठक सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा हुने तय भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प आज अबेर मात्रै सिंगापुर पुग्नेछन्। कुनै पनि उत्तर कोरियाली प्रमुख नेताले अमेरिकी राष्ट्रपतिलाई भेट्न लागेको यो नै पहिलो अवसर हुनेछ। नेता किमसँगको भेटअघि राष्ट्रपति ट्रम्पले शिखर वार्तालाई ‘शान्तिका लागि एकमात्र कदम’ भएको बताएका छन्।

शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ।

पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप र प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमनेसामने हुँदैछन्। शिखर वार्ताअघि दुवै नेताले सिंगापुरका प्रधानमन्त्री लाई भेट गर्ने कार्यक्रम रहेको छ।

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
प्रदेश ६ को कांग्रेस संसदीय दलको नेतामा शाही
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव

तपाईंले छुटाउनुभयो कि?