रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् | विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।
  • आफ्नो हार संगै रबिन्द्र मिश्रले प्रकाशमान सिंह लाइ फोन नै गरेर बधाई दिएका थिए | देशको रास्ट्रिय पार्टी बन्ने विवेकशील साझा पार्टीको सपना यहीँ निर सकिएको छ | मिश्राले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा अत्यतै मन छुने कुरा लेखेर राखेका छन् जुन कुरा उनले मिडियालाई समाचार सम्प्रेषण गरिदिनका लागि पनि अनुरोध गरेका छन् | मिश्रले आफ्नो फेसबुक वालमा बिज्ञप्ति राख्दै अघि यसो लेख्छन काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति (प्रकाशन र प्रसारणका लागि सक्दो श्यर गरिदिन हार्दिक आग्रह गर्दछु) विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् | विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।
आफ्नो हार संगै रबिन्द्र मिश्रले प्रकाशमान सिंह लाइ फोन नै गरेर बधाई दिएका थिए | देशको रास्ट्रिय पार्टी बन्ने विवेकशील साझा पार्टीको सपना यहीँ निर सकिएको छ | मिश्राले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा अत्यतै मन छुने कुरा लेखेर राखेका छन् जुन कुरा उनले मिडियालाई समाचार सम्प्रेषण गरिदिनका लागि पनि अनुरोध गरेका छन् |
मिश्रले आफ्नो फेसबुक वालमा बिज्ञप्ति राख्दै अघि यसो लेख्छन

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति
(प्रकाशन र प्रसारणका लागि सक्दो श्यर गरिदिन हार्दिक आग्रह गर्दछु)

विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।

विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    आर जि बिरही

    अब कालिमाटी तिर तरकारी लिएर तराजु राख्नेकी ?

    Comment Author

    Krishna Bhatt

    परिवर्तन गरेरै मर्ने हाे भन्दा पनि हेरेर मर्छु रे !!! कम्युनिष्टले गरेकाे परिबर्तन हेरेर मर्नुस !!! Thanks Mishraji !!!

    Comment Author

    Gyani Maharjan

    be positive

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…

तपाईंले छुटाउनुभयो कि?