एमालेलाई पक्षउदै नयाँ शक्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
५२३ पटक हेरिएको
Shares

सारांश

  • नयाँ शक्ति पार्टीले भर्खरै सञ्चालन गरेको हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियानको सन्दर्भमा मधेस यात्रा गरिरहेको छ ।
  • मधेसका एक राजनीतिककर्मीले विचार पोखे, ‘पूर्वपश्चिम (महेन्द्र) राजमार्गको निर्माण हुनुभन्दा धेरै अगाडि ट्रयाक खुलेको तराई मधेसको दक्षिणी सीमावर्ती क्षेत्रको हुलाकी सडकलाई बेलैमा स्तरोन्नति गरिएको हुन्थ्यो भने तराई मधेसका दक्षिणी सहरहरु अहिले देशकै आर्थिक केन्द्र बनिसक्थे ।
  • तर, महेन्द्रले मधेसलाई वेवास्ता गर्दै वनजंगल सखाप पार्न र नयाँ वस्ती बसाउन महेन्द्र राजमार्ग बनाए ।
नयाँ शक्ति पार्टीले भर्खरै सञ्चालन गरेको हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियानको सन्दर्भमा मधेस यात्रा गरिरहेको छ ।

मधेसका एक राजनीतिककर्मीले विचार पोखे, ‘पूर्वपश्चिम (महेन्द्र) राजमार्गको निर्माण हुनुभन्दा धेरै अगाडि ट्रयाक खुलेको तराई मधेसको दक्षिणी सीमावर्ती क्षेत्रको हुलाकी सडकलाई बेलैमा स्तरोन्नति गरिएको हुन्थ्यो भने तराई मधेसका दक्षिणी सहरहरु अहिले देशकै आर्थिक केन्द्र बनिसक्थे । तर, महेन्द्रले मधेसलाई वेवास्ता गर्दै वनजंगल सखाप पार्न र नयाँ वस्ती बसाउन महेन्द्र राजमार्ग बनाए ।’

त्यसो त केही समयअघि देशकै दोस्रो ठूलो दल नेकपा एमालेले चुनावकेन्दि्रत मेची महाकाली अभियान सञ्चालन गरेको थियो । जब एमालेको अभियान सप्तरीमा पुग्यो, एकाएक परिस्थिति बदलिन गयो र अनाहकमा ५ जना नागरिकको ज्यान गयो ।
परिणामतः एमालेले आयोजना गरेको अभियानका क्रममा मधेसविरोधी जस्तो बन्न पुग्यो । संविधान जारी गर्दादेखि नै असन्तुष्ट रहेको तराई-मधेसमा त्यसयता झन् बढी असन्तुष्टि बढेको महशुस देखियो ।
हिमालदेखि तराई मधेससम्म फैलिएको देशको भौगोलिकदेखि जातीय, भाषीक र सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर इन्द्रेणी राष्ट्रवादको माला बनाउनुपर्छ भन्दै नयाँ शक्तिका नेताहरुले अभियानका क्रममा भाषण गरे । उनीहरुले त्यही इन्द्रेणी राष्ट्रियताले देशको आन्तरिक राष्ट्रियता मजबुद बनाउने र त्यो नै मुलुकको समृद्धि र प्रगतिको आधार हुने बताउँदै गर्दा मधेसमा जनताको उपस्थिति उत्साहपूर्ण देखिन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
खेलकुद पत्रकार  मञ्चको शाखा सुर्खेतमा विस्तार ।
खेलकुद पत्रकार मञ्चको शाखा सुर्खेतमा विस्तार ।
पाल्पामा युवक संघको अध्यक्षमा थापा
पाल्पामा युवक संघको अध्यक्षमा थापा
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
‘आयोगको विज्ञापन संविधानको मर्मविपरित’
‘आयोगको विज्ञापन संविधानको मर्मविपरित’
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
हवाई मैदानमा  कमैयाले पक्की घर निर्माण गर्दै  ।
हवाई मैदानमा कमैयाले पक्की घर निर्माण गर्दै ।