रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम स्वतन्त्र राखेर रवि लामिछानेले ठगी गरेको आरोप लगाएका छन्।
  • आज (बिहीबार) कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले लामिछानेले दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टिलाई क्यास गरेको बताएका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम स्वतन्त्र राखेर रवि लामिछानेले ठगी गरेको आरोप लगाएका छन्। आज (बिहीबार) कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले लामिछानेले दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टिलाई क्यास गरेको बताएका हुन्।

‘स्वतन्त्र भन्नेखालको बनिदिउँ न त भन्ने खालको मनोविज्ञान पनि मानिसहरुमा आए। मनोविज्ञानलाई क्यास गर्नका लागि, त्यसलाई भजाउनका लागि एउटा दलले आफ्नो नामै स्वतन्त्र राखिदियो । यदि मान्छे स्वतन्त्र हुन्छ त त्यो दलको हुँदैन । यदि कोही मान्छेले दल बनाउँछ त त्यो दल हो भने स्वतन्त्र हुँदैन । तर, ठगी कहाँसम्म भयो भन्दा दलको नाम पनि स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टिलाई क्यास गर्ने प्रयास गरियो,’– उनले भने ।

साथै, आज कुनै दलमा हुनु र नहुनुले स्वतन्त्रताको निर्धारण नगर्ने उनको भनाइ छ । नेपालका नागरिकहरुलाई स्वतन्त्र बनाउन कांग्रेसले योगदान गरेको उनले बताए । पुरानोको दिन गए भनेर गरिएको प्रचार आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । महामन्त्री शर्माले जन्म मिति पुरानो भएकै कारणले कुनै पनि दल पुरानो नहुने बताए । उनले नवीन सोचको कारण नै दल नयाँ हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?