भूटानी शरणार्थीलाई पिउने पानीको समस्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
६० पटक हेरिएको
Shares
भूटानी शरणार्थीलाई पिउने पानीको समस्या

सारांश

  • दमक, १४ साउन ।
  • झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् ।
  • यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो ।

दमक, १४ साउन । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ ।

दुम्से खानेपानी योजनाअन्तर्गत भूटानी शरणार्थीलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताउँछन् । त्यसअन्तर्गत हाल ५०० धारा जडान भइसकेको हो । हरेक वर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पु¥याउने गरेपछि दमक–३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य हुनुपरेको अध्यक्ष भण्डारी बताउँछन् । दुम्से खानेपानीमा गत असारको अविरल वर्षा र बाढीका कारण तीनमध्ये दुई वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्यांकीमा जम्मा हुने पानी हाल चार लिटरमा झरेको छ । ट्यांकीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।

हालसम्म रु एक करोडभन्दा धेरै रकम खर्च भइसक्दासमेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन । भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले रु ४२ लाख, उपभोक्ताले रु १० लाख, दमक नगरपालिकाको रु २० लाखसहित पटक पटक मुहान मर्मत खर्च र पाइप विस्तार गरी रु एक करोडभन्दा धेरै खानेपानीमा खर्च भइसकेको छ । तर पनि यहाँका बासिन्दाले पर्याप्त र शुद्ध पानी पिउन नपाएको गुनासो स्थानीय मानबहादुर लिम्बूको छ । दमक–३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफ्नो दैनिक गर्जो टार्ने गरेको बताउँछन् । राईको घर नजिकै पानीको धारापानी छ । तर पानी आउँदैन । जसका कारण अनेकौँ जोखिम मोलेरै भए पनि खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य हुनपरेको राईको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट