रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १, २०८१
|
|
५४ पटक हेरिएको
Shares
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय

सारांश

  • काठमाडौं।
  • पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ।
  • कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकि कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ।

काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ।

कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकि कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ। जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए।

‘५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाएका छौं। जसमध्ये ३७ जना फरार प्रतिवादी छन्,’ डीएसपी शर्माले भने। अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन्। बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको डीएसपी शर्माले बताए। सोबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात जिल्दा अदालत कास्कीमा दर्ता हुनेछ।

५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् ।

जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो। यसका साथै नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईलगायतलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो। त्यसपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
विश्वासको मत नदिने एमालेको निर्णय
विश्वासको मत नदिने एमालेको निर्णय
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
याे वर्ष मात्रै अमेरिकामा गोली हानि १८८ जनाको हत्या
याे वर्ष मात्रै अमेरिकामा गोली हानि १८८ जनाको हत्या
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !