कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल

सारांश

  • काठमाडौं, १४ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दुई बजे बस्दैछ ।
  • आजको पदाधिकारी बैठकमा महाधिवेशन कार्यातालिका परिवर्तनका विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।

काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दुई बजे बस्दैछ । आजको पदाधिकारी बैठकमा महाधिवेशन कार्यातालिका परिवर्तनका विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । बैठक सभापति शेरवहादुर देउवाको निवासमा बस्नेछ ।

कांग्रेसले आगामी फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको थियो । तर, कोरोना महामारीका कारण महाधिवशन निर्धारित मितिमै गर्न असम्भव छ । कोरोनाका कारण महाधिवेशनको तयारीका कामहरु प्रभावित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?