रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन्।
  • प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन्। प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ।

प्रहरी उच्च स्रोतकाअनुसार लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भैसकेको छ। कास्की प्रहरीको पत्राचारका आधारमा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी काठमाडौंबाट पक्राउ परेका हुन्।

उनी काठमाडौंको शंखमुलबाट पक्राउ परेका हुन्। जोशीलाई कास्की नै पठाईने भएको छ। प्रहरीको अर्को हाईलेभल टोली रवि लामिछानेलाई पक्राउ गर्न परिचालित भैसकेको छ। लामिछानेलाई पक्राउ गर्न प्रहरी रास्वपा केन्द्रीय कार्यालयमा पुगेको विश्वस्त स्रोतले बताएका छ।

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?