चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्
सारांश
- काठमाडौं, २९ फागुन ।
- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ।
- आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए ।
काठमाडौं, २९ फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ। आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।
उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने दोहोर्याए । उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए। उनले भने,‘सरकारको एक्सन आउनुपर्यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्यो ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया