रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३८ पटक हेरिएको
Shares
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !

सारांश

  • काठमाडौं ।
  • पछिल्लो एक महिनायता एकाएक सामाजिक सञ्जालमा एक युवक हावी भएका छन् ।
  • विशेष गरी युवा र महिलालाई मीठा नारा र मोडलिङ गरिएको भिडियोबाट आकर्षित गरेका युवक हुन् बीरगन्ज बहुअरी निवासी ३१ वर्षीय रहबर अन्सारी ।

काठमाडौं । पछिल्लो एक महिनायता एकाएक सामाजिक सञ्जालमा एक युवक हावी भएका छन् । विशेष गरी युवा र महिलालाई मीठा नारा र मोडलिङ गरिएको भिडियोबाट आकर्षित गरेका युवक हुन् बीरगन्ज बहुअरी निवासी ३१ वर्षीय रहबर अन्सारी ।

पाँच बर्षयतादेखि बीरगन्जमा बसोबास गरिरहे पनि बीरगंजवासीले उनको चुनावी भिडियो देखेर मात्र उनलाई चिनेका हुन् । असोज २ गते हुने स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट एकाएक रहबरको उम्मेदवारी किन पर्यो भन्ने भित्री रहस्य खुल्दै गएको छ । बिहीवार राति आफू निकटका चुनावी छलफलमा संघीय समाजवादी फोरम नेपालका बीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार तथा व्यापारी विजय सरावगीले रहबर आफैंले खडा गरेको डमी उम्मेदवार रहेको खुलाएका हुन् । हंगेरीको बोडापेष्टमा स्नातकोत्तर अध्ययन गरिरहेका आफ्ना व्यापारिक साझेदार रहबरलाई कोर्ष पूरा नहुँदै बीरगन्ज बोलाएर मेयरमा उम्मेदवारी दिन लगाएको कुराको पुष्टि गर्ने थुप्रै आधार फेला पर्दै गएका छन् । एकाएक रहबरलाई वीरगन्ज बोलाएर मेयरमा उठाउनुको भित्री रहस्य चाहिँ बसरुद्दिन अन्सारीको मुस्लिम भोट कटौती गर्नु मूख्य लक्ष्य हो ।

गत जेठ अन्तिम साता बसरुद्दिन एमालेमा प्रवेश गरेदेखि मेयरमा उठ्ने पक्का थियो । सरावगी चाहिँ चैतदेखि नै फोरममा प्रवेश गरेर चुनावी रणनीति बनाएर प्रचार प्रसार थालिसकेका थिए । वीरगन्ज महानगरपालिकामा झन्डै ३२ हजार मुस्लिम मतदाता रहेका छन् । त्योसँगै क्याडर बेस्ड पार्टी एमालेको करिब १२ हजार भोट छँदैछ । मुस्लिम र एमालेको परम्परागत भोट जोड्दा बसरुद्दिन सजिलै मेयरमा बिजयी हुने देखेर सरावगीले मुस्लिम र पढेलेखेका युवाको भोट काट्न रहबरलाई कार्यकर्ता नै नभएको पार्टी माओवादीबाट उठाएका हुन् ।

बीरगंजका पढेलेखेका युवा सराबगीका वित्तीय अपराध र राजस्वमारा नियतबारे जानकार भएकाले उनलाई मत हाल्दैनन् । सराबगी र रहबर हस्पिटल, रेस्टुरेन्ट र ट्रेडिङ व्यापारका साझेदार हुन् । एकै वडा निवासी दुबैले उम्मेदवारी दर्ता गर्ने दिन मूख्य निर्वाचन अधिकृतको कार्यालयमा गला मिलेर एकअर्कालाई शुभकामना समेत दिएका थिए । त्यतिखेर सरावगीले अभि तुम्हारा बेस बन रहा है अग्ली बार के लिए अच्छा है भन्दै अंकमाल गरेका थिए ।

सामान्यतः दई उम्मेदवारको जुलुस एकैसाथ मूख्य निर्वाचन अधिकृत कार्यालयमा जाँदा नजुधोस् भनेर जिल्ला प्रशासन कार्यालय पर्साले सबै दललाई फरक–फरक समय उपलब्ध गराएको थियो । तर सराबगी र रहबरसँगै पुगेका थिए । त्यही दिन राजपाको राजेशमान सिंह र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवका कार्यकर्ताबीच भारतीय महावाणिज्य दूतावास अगाडि झडप भएको थियो । रहबरका बुवा डा.अनवर अन्सारी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत २ बर्षदेखि मुद्दा खेपिरहेका छन् ।

कानुनविपरीत देवदह मेडिकल कलेजलाई ४० विद्यार्थी भर्नाको अनुमति दिएर भ्रष्टाचार गरेको आरोपमा सन् २०१५ मा मुद्दा दर्ता गरेको हो । मेडिकल काउन्सिलका तत्कालीन उपाध्यक्ष हरेका डा.अनवरले काउन्सिल ऐन, नियम र एक्रिडियसन स्टान्डर्ड फर द एमबीबीएस डिग्री प्रोग्राम २०१३ विपरीत अनुमति दिएको पाइएकाले पदाधिकारीविरुद्ध आरोपपत्र दायर गरिएको हो । अख्तियारले डा.अनवरलाई निलम्बन गरेको छ । अनवरको समूहले मेडिकल कलेजलाई सम्बन्धन दिने, सीट संख्या थप्ने, स्तरोन्नति गर्ने, फ्याकल्टी थप्ने, काउन्सिलको लाइसेन्स परीक्षा सञ्चालन गर्ने लगायतका कार्यमा व्यापक अनियमितता गरेको पाइएको थियो ।
सर्वप्रथम संसद चिकित्सकको रुपमा नियुक्त भएका डा.अनवरले त्यहाँ राजनीतिक सम्बन्ध विस्तार गरेपछि मेडिकल काउन्सिलमा मनोनीत भएका थिए । काउन्सिलमा आएपछि निजी मेडिकल कलेजलाई धमाधम सम्बन्धन दिने धन्दाको सुरुवात उनैले गरेका थिए । विदेश अध्ययन गर्न गएका एमबीबीएस विद्यार्थीलाई अध्ययन गरेकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने प्रावधान डा.अनवरकै पालामा गरिएको हो ।

मुस्लिम भोट विभाजनका लागि रहबरलाई डमी उम्मेदवार बनाएका सरावगीले मारवाडी समुदायको भोट तान्न आफ्नो श्रीमतीलाई अगाडि सारेका छन् । यहाँका ठूला घरानाले सरावगीलाई राम्रो मान्दैनन् । उनले धेरै व्यापारी र उद्योगीलाई दुःख दिएका छन् । उनीहरुलाई फकाउन सरावगीले श्रीमतीलाई भोट माग्न घरमै पठाउने गरेका छन् । यसैगरी कांग्रेसबाट मेयरको टिकट दाबी गर्दै आएका वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा टिकट नपाएकाले असन्तुष्ट छन् । शर्मा सरावगीका पुराना दोस्त हुन् । उनलाई प्रयोग गरेर कांग्रेसको भोट बैंक मानिएका मारवाडी समुदायको भोट तान्ने प्रयासमा सरावगी लागेका छन् । मारवाडी समुदायमै नकारात्मक छवि बनाएका सरावगीलाई भोट दिलाउन बाबुलाल चाचानले समेत जिम्मा लिएको एक ब्यापारीले बताए ।

राजनीतिक नेतृत्वले राम्रो काम नगरेकाले आफू बाध्य भएर बीरगंजको माया लागेर राजनीतिमा आएको बताउने सरावगीले ब्यापारीक समुदायले मशालमा भोट हाल्ने कुरामा बर्णवाल समाजलाई आग्रह गरेका थिए ।

बकि तिनै सरावगीले गुड फोर पेमेन्ट प्रकरणमा ८६ करोड रुपैयाँ अपचलन गरेका छन् । बैंकका म्यानेजर अझै जेलमै छन् । सामुदायिक रेडियो नारायणी एफएमको किस्ता एफएमबाट तिर्न लगाएर एक कठ्ठा क्षेत्रफलमा निर्माण भएको ३ तल्ले घर श्रीमतीको नाममा दर्ता गराएका थिए । गत वर्षमात्र उनले त्यो घर एक करोड रुपैयामा जग्गा व्यापारी ज्योतिलाल कलवारका ज्वाईँलाई बिक्री गरेका थिए ।

मारवाडी समुदायको भोट पाउनकोलागि उनले आफनै पार्टीका अध्यक्ष प्रदीप यादवको गुण्डागर्दीको अन्त्यका लागि चुनावमा उठेको भन्दै मारवाडी समुदायका ब्यापारीलाई फकाउन समेत खोजेको बैठकमा सहभागी एक उद्योगीले बताए । यादवले भूमिगत कालमा भूमिगत मोर्चा र ब्यापारीका बीचमा बिचौलियाको भूमिका निर्वाह गरिदिन्थे । मारवाडी समुदायको घरमा माछामासु प्रवेश निषेध भए पनि उनकै घरमा मेस संचालन छ जहाँ दिनहुँ पचासौं किलो मासु पाक्ने गरेको छ । दैनिक बिहान र बेलुका १ हजार जनाले भोज खाने गरेका सरावगी आफैंले सुनाउने गरेका छन् । नाकाबन्दीमा केमिकल, पेट्रोलियम पदार्थको कालोबजारी, रौतहट जिल्लाको गौरमा रहेको राईसमिलको जग्गामा गिद्देनजर लगाउँदै आएका सरावगीले बीरगंज महानगरको नेतृत्व पाए बीरगंज थप बर्बादी पथमा अगाडि बढ्ने चर्चा छ । दृष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने
मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित
मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का
नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का
Swollen Kaligandaki sweeps away school, 24 households at risk
Swollen Kaligandaki sweeps away school, 24 households at risk
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते

तपाईंले छुटाउनुभयो कि?