नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का

सारांश

  • भक्तपुर, पुस २० ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताएका छन् ।
  • रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पारे ।

भक्तपुर, पुस २० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पारे ।

उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे । काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण काँग्रेसले पराजय व्यहोर्नुपरेको केन्द्रीय सदस्य खड्काको भनाइ रहेको छ । राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उनको दाबी रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tilak Gaire

    काङ्ग्रेस को शासन हैनर महासय

    Comment Author

    Suresh Shrestha

    Timiharu paltu badhak

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?