राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०८०
|
|
४६ पटक हेरिएको
Shares
राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि गरियो

सारांश

  • काठमाडौं ।
  • संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ ।
  • उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए ।

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो ।

नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो । अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्येष्टिअघि बालुवाटारबाट शिक्षण अस्पताल-महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशालाहुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
Shah Rukh Khan wishes Eid Mubarak to his fans by sharing cute picture with AbRam!
Shah Rukh Khan wishes Eid Mubarak to his fans by sharing cute picture with AbRam!
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
किरात सङ्ग्रहालय निर्माण शुरु
किरात सङ्ग्रहालय निर्माण शुरु