राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
सारांश
- बेलायती राजकुमार ह्यारीसँग विहे गर्न लागेकी अमेरिकी अभिनेत्री मेघन मर्कल विहे अघि नै गर्भवती रहेको भएको अनुमान पश्चिमी सञ्चारमाध्यमहरुले लगाइरहेका छन् ।
- गर्भमा तीन महिनाको शिशु रहेको उल्लेख गर्दै राजकुमार ह्यारी र मेघन जतिसक्दो चाँडो वैवाहिक सुत्रमा बाँधिन लागेको अनुमान गरिएको हो ।
- सुत्रका अनुसार यस्तो स्थितिका कारण राजकुमार ह्यारी केही तनावमा भने रहेका छन् ।
बेलायती राजकुमार ह्यारीसँग विहे गर्न लागेकी अमेरिकी अभिनेत्री मेघन मर्कल विहे अघि नै गर्भवती रहेको भएको अनुमान पश्चिमी सञ्चारमाध्यमहरुले लगाइरहेका छन् । गर्भमा तीन महिनाको शिशु रहेको उल्लेख गर्दै राजकुमार ह्यारी र मेघन जतिसक्दो चाँडो वैवाहिक सुत्रमा बाँधिन लागेको अनुमान गरिएको हो । सुत्रका अनुसार यस्तो स्थितिका कारण राजकुमार ह्यारी केही तनावमा भने रहेका छन् । यो खबरले राज परिवारको प्रतिष्ठामा आँच आउन सक्ने भएकाले पनि उनी चिन्तित र चाँडोभन्दा चाँडो वैवाहिक जीवनलाई पूर्णता दिन लागि परेको बताइन्छ । विहे पछि यी अमेरिकी अभिनेत्रीले फिल्म क्षेत्रमा सन्यास लिने र सामाजिक काममाा आवद्ध हुने योजना बनाएकी छिन् ।

चर्चित सिरियल सुट्सको सिजन ७ को सुटिङ सकिए पछि उनी स्थायीरुपमै राजपरिवारको सदस्यको रुपमा लण्डनमा बस्ने छिन् । अमेरिकी अभिनेत्री, मोडल र समाजसेवीको छबी बनाएकी मेघन बेलायती राजकुमार ह्यारीसँग विहे गर्ने खबर बाहिरिएसँगै अहिले सञ्चारमाध्यमहरुमा छाइरहेकी हुन् । यही सोमबार बेलायती राजदरबारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघान बीच विवाह हुन लागेको जानकारी दिएको हो । उनीहरु गत एक वर्ष देखि प्रेम सम्बन्धमा थिए । आगामी मार्चसम्ममा उनीहरुले विहे गर्ने बताइएको छ ।

मेघान मर्कल नजिकबाट
सन् १९८१ अगष्ट ४ मा अमेरिकाको लसएञ्जलसमा जन्मिएकी मेघान अहिले ३६ वर्षकी भइन् । श्वेत अमेरिकी बाबु र अफ्रिकन अमेरिकी आमाकी छोरी मेघान २०११ देखि अभिनय क्षेत्रमा संलग्न छिन् । अभिनयमा आउनु अघि उनले कलात्मक अक्षर लेख्ने ‘कलीग्राफर’को रुपमा समेत काम गरेकी थिइन् । अमेरीकी ड्रामा श्रृंखला सुट्समा वकिलको क्यारेक्टरमा अभिनय गरे पछि चर्चित बनेकी हुनन् । राजकुमार ह्यारीसँग हुन लागेको विहे मर्कलको दोस्रो विहे हो । अमेरिकी कलाकार तथा निर्माता ट्रेभोर इंगलसनसँग २००४ देखि २०११ सम्म प्रेमसम्बन्धमा रहेकी मर्कलले १० सेप्टेम्बर २०११ मा विहे गरेकी थिइन् । तर यो सम्बन्ध धेरै लामो समय टिकेन । २०१३ अगष्टमा उनीहरुबीच सम्बन्ध विच्छेद भयो । एक ब्लाइण्ड डेटको क्रममा २०१६ जुनमा राजकुमार ह्यारीसँग भेट भए पछि उनीहरु रिलेसनमा रहेका थिए । ह्यारी र मर्कललाई २०१६ अक्टोबरमै सञ्चारमाध्यमले पछ्याउन थालिसकेका थिए ।
Subashkarki Karkisubash
Kati din Barbarunu xa barbara sherye.ab pagal huna aatye jasto xa lok tantra maa timi 2 buda budi ko ta tajai vaako xa jantale ke paye