एलपीएलमा घोडाघोडी र कैलाली विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सारांश

  • धनगढी।
  • कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।
  • आजको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो।

धनगढी। कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।

आजको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो । लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए । कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रनको योगदान दिए । घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए । बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए  । लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए । कप्तान कृष्ण कार्कीले ३ , कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
मतदाता भन्छन्–यस पटक मत सदुप्रयोग होस्
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत
प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
विमानको नयाँ रुट परमिट दिन भारत सकारात्मक
विमानको नयाँ रुट परमिट दिन भारत सकारात्मक

तपाईंले छुटाउनुभयो कि?