एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड

सारांश

  • काठमाडौँ, १७ जेठ – एनएमबी बैंकले आठौ आइएफसी ट्रेड अवार्ड्समा ‘बेस्ट इस्यूइङ बैंक पार्टनर इन फ्रेजाइल कन्ट्रीज–२०१७ साउथ एशिया’ अवार्ड पाएको छ ।
  • यो सम्मान प्राप्त गर्ने एनएमबी नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ ।
  • योसँगै एनएमबी बैंकले अहिलेसम्म ३ वटा चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।

काठमाडौँ, १७ जेठ – एनएमबी बैंकले आठौ आइएफसी ट्रेड अवार्ड्समा ‘बेस्ट इस्यूइङ बैंक पार्टनर इन फ्रेजाइल कन्ट्रीज–२०१७ साउथ एशिया’ अवार्ड पाएको छ । यो सम्मान प्राप्त गर्ने एनएमबी नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ ।

योसँगै एनएमबी बैंकले अहिलेसम्म ३ वटा चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम-२०१७ मा बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्सियल इन्स्टीच्यूसन ग्रुप, आइएफसीका एशिया प्यासिफिकका प्रमुख भिटोरियो डी बेल्लोले एनएमबी बैंकका सीइओ सुनिल केसीलाई अवार्ड दिएका हुन् ।

अवार्ड पाएपछि एनएमबि बैंंकले एक विज्ञप्ति जारी गर्दै “समृद्ध नेपालका लागि” भन्ने नारा अद्दि सार्दै उर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय तथा कृषि क्षेत्रमा वित्तीय लगानी गर्दै देशकै अर्थतन्त्रमा सघाएको उल्लेख गरेको छ ।

आइएफसी ट्रेड अवार्ड्सको प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्नसक्ने ठूलो व्यापार लगानी क्षमतालाई प्रष्ट्याएको बताइएको छ ।

एनएमबीले यसअघि लण्डनको दि फाइनान्सियल टाइम्सबाट ‘दि बैंक अफ दि इयर २०१७’ र फ्रस्ट एण्ड सुलिभनबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवाड हात पारिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
प्रचण्डलाई भारतले साथ देला ?
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
चार हजार बेरोजगार सूचीकृत
चार हजार बेरोजगार सूचीकृत

तपाईंले छुटाउनुभयो कि?