राजदूत बन्न स्नातक पास, अंग्रेजी भाषा अनिवार्य
सारांश
- काठमाडौं ।
- कुनैपनि देशको राजदूत बन्नका लागि शैक्षिक लगायत निश्चित योग्यता र मापदण्ड तोकिएको छ ।
- परराष्ट्र मन्त्रालयले राजदूत बन्नको लागि योग्यता र नियुक्ति प्रक्रिया व्यवस्थित गर्न निर्देशिका तयार पारेको हो ।
काठमाडौं । कुनैपनि देशको राजदूत बन्नका लागि शैक्षिक लगायत निश्चित योग्यता र मापदण्ड तोकिएको छ । परराष्ट्र मन्त्रालयले राजदूत बन्नको लागि योग्यता र नियुक्ति प्रक्रिया व्यवस्थित गर्न निर्देशिका तयार पारेको हो । निर्देशिकामा कुनैपनि देशको राजदूत हुनका लागि कम्तिमा स्नातक पासको प्रावधान राखिएको हो ।
अब राजदूत हुन कम्तीमा ‘मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण’ हुनुपर्नेछ । राजदूत बन्ने उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष तोकिएको छ ।
यसअघि मापदण्ड नहुँदा म्यानपावर व्यवसायीसमेत नियुक्त भएपछि चर्को विरोध र आलोचना भएको थियो । तयार पारिएको निर्देशिका अनुसार कालोसूचीमा परेका, नैतिक पतन हुने जस्ता काम गरेका व्यक्ति राजदूत सिफारिसमा पर्ने छैनन् । कुनैपनि नैतिक पतन हुने खालका टिकाटिप्पणी र मुद्दा नलागेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।
राजदूत बन्ने उम्मेदवारले ‘नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीयरबहुपक्षीय कूटनीतिक आयामका साथै अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्ने प्रावधान राखिएको छ ।
परराष्ट्र मन्त्रालयले तयार पारेको निर्देशिकाकमामा विदेशी मुलुकले नियुक्त गरी सेवा गरेका व्यक्तिलाई काम छाडेको १० वर्ष नपुगी राजदूत हुन नपाउने व्यवस्थासमेत गरेको छ ।
परराष्ट्र नीतिलाई कार्यान्वयन गर्नसक्ने राजदूत दूतावासले नपाउँदा यस्तो मापदण्ड बनाइएको हो । यसअघिका राजदूत नियुक्तिमा देखिएका विकृति हटाउन निर्देशिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Som Thapa
पार्टीको सदस्यता अनिवार्य छैन ?