गाँजा खान नपाएपछि साथीको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
३३ पटक हेरिएको
Shares
गाँजा खान नपाएपछि साथीको हत्या

सारांश

  • बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
  • इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका छन् ।

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका छन् ।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “युवाको शव हत्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो”, प्रमुख कोइरालाले भने, “सोही दिन अभियुक्तलाई पक्राउ ग¥यौँ ।’

शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक र अभियुक्त दुवै लागुऔषध दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या

मृतक अभिषेकले रविनलाई रू १०० दिएर गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर निस्काएको अनुसन्धानबाट खुलेको छ ।

सोही घटनापछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए । अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

“घटना हुनुमा लागुऔषध दुव्र्यसन कारक रहेको देखिन्छ”, प्रमुख कोइरालाले भने, “गाँजा खान नपाएपछि र अपमानित भएको महसुस गरेर अभियुक्तले हत्या गरेको बुझिन्छ ।” घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९ः४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहारका मुख्यमन्त्री नीतीशद्वारा राजीनामा
बिहारका मुख्यमन्त्री नीतीशद्वारा राजीनामा
रगतको अभावमा कमी
रगतको अभावमा कमी
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
असार ४ गते बुधबारको राशीफल यस्तो छ, सांगीतिक रुची देखि राज्यबाट सम्मान मिल्नेसम्मको योग
मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु

तपाईंले छुटाउनुभयो कि?