५५० पशुलाई सुत्केरी भत्ता वितरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
५५० पशुलाई सुत्केरी भत्ता वितरण

सारांश

  • यहाँको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ ।
  • पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
  • कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

यहाँको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो । “किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

उहाँका अनुसार एक आर्थिक वर्षमा पन्ध्र वटामात्र पशुको बीमा हुने गरेको थियो । यस आवमा नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् । नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक थापाले जानकारी दिनुभयो ।

यस्तै पशुको बीमा गराउने पशुधनीको पनि रु दुई लाख बराबरको दुर्घटना बीमा स्वतः हुने उहाँले जानकारी दिनुभयो । पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त गराउने र केही गरी पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीसमेत व्यहोर्नुपर्ने अवस्थाबाट छुट्कारा पाउने भएकाले अहिले पशु बीमा गराउने पशुपालकको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विगतमा पशु बीमा गराउन समस्या रहेको भए पनि अहिले पशु बीमा गराउन समस्या नरहेको बताइएको छ ।

नगरपालिकाले गत आवदेखि किसानलाई पशुपालनमा आकर्षित गराई नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन प्रोत्साहनस्वरुप रु एक हजार प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै किसानलाई आकर्षित गर्न यस आर्थिक वर्षबाट प्रतिपशु सुत्केरी भत्ता रु दुई हजार दिइँदै आएको छ । नगरपालिकाको भद्रकाली, जलकन्या, रानीचुरी, डाडीगुराँसेलगायतका स्थानमा गाई तथा भैँसीपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य रहेको छ ।

ती स्थानमा पशुपालन गर्ने किसानले दूध बिक्रीबाट जीविकोपार्जनसमेत गर्दै आएका छन् । स्थानीय सरकार बनेपछि अनौठो मानिएको पशुलाई सुत्केरी भत्ता वितरणले किसान पशुपालनतर्फ थप उत्साहित भएका छन् । दूध बिक्रीबाट पशुपालकको आम्दानीमा समेत वृद्धि हँुदै आएको छ । किसानले दूध बिक्रीबाटै मासिक रु सात हजारदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले किसानको मनोबल उच्च पार्न नगरले सदैव किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको सुधार र व्यवस्थापन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएकाले साना कुरालाई माथि उठाएमा किसानको मनोबल उच्च पार्न सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कमलामाईलाई दूधमा आत्मनिर्भर बनाउने सङ्कल्प पूरा गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । किसानले उत्पादन गरेको दूध बिक्री नभए नगरपालिकाले दूधको बजारीकरण गर्ने सवालमा समेत सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा
प्रधानमन्त्री देउवा चुनावी दौडाहामा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

तपाईंले छुटाउनुभयो कि?