राजदूत शेर्पालाई बर्खास्त गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजदूत शेर्पालाई बर्खास्त गर्ने तयारी

सारांश

  • काठमाडौं २३ मंसिर ।
  • आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ ।
  • परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।

काठमाडौं २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।

चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले नयाँ पत्रिकासँग भने, ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’ मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे थप भन्न नमिल्ने ढकालको भनाइ थियो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नाममा शेर्पालाई स्पष्टीकरणका लागि चिठी पठाइएको छ । शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो । ‘शेर्पालाई फिर्ता बोलाएको होइन, तर उहाँको गल्ती प्रमाणित भयो भने बर्खास्त गर्छौं । उहाँ अस्ट्रेलिया जान पाउनुहुन्न,’ परराष्ट्रका एक अधिकारीले भने । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् । चालक शेर्पाले लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएका थिए । नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
प्राङ्गारिक महको माग अत्याधिक
प्राङ्गारिक महको माग अत्याधिक
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
आजको राशीफल
आजको राशीफल
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना